Comments Add Comment

Advertisment

SKIP THIS

मुम्बईका पूर्व प्रहरी प्रमुख नेपाल भागेको दाबी

२ मंसिर, काठमाडौ । अपराधमा मुछिएका मुम्बईका पूर्व प्रहरी प्रमुख नेपाल भागेको भारतीय मिडियाले दाबी गरेका छन् । आइपिएस अफिसर समेत रहेका बरमबीर सिंह नेपालमा लुकेको बताइएको छ ।

मुम्बई प्रहरीको प्रमुख हुँदा व्यापारी मुकेश अम्बानीको घर अगाडी बिष्फोटक पदार्थ राखेको घटनामा उनको समेत अप्रत्यक्ष संलग्नताको आरोप लागेको छ । त्यसमा संलग्न एक प्रहरी पक्राउ परिसकेका छन् । घटनापछि उनलाई त्यहाँबाट होमगार्डमा सरुवा गरिएको थियो । केही महिनादेखि उनी भूमिगत छन् । अदालतले उनलाइ वारेन्ट समेत जारी गरेको छ ।

उनको बारेमा बिबिसीको एक समाचार यस्तो छः गत अक्टोबर १ मा भारतीय अधिकारीहरूले मुम्बई प्रहरीका पूर्वप्रमुख हराइरहेको उदेकलाग्दो घोषणा गरे।

दुई वर्षअघि उनलाई भारतको आर्थिक राजधानीका रूपमा चर्चित मुम्बईमा प्रहरी प्रमुख नियुक्त गरिएको थियो। उनले ४५ हजार प्रहरीको नेतृत्व गरेका थिए। तर ५९ वर्षीय सिंह अहिले न आफ्नो कार्यालय गएका छन् न त मुम्बईस्थित अपार्टमेन्ट नै। चण्डीगढस्थित उनको पुर्ख्यौली घरमा पनि उनको अत्तोपत्तो छैन।

मुम्बई प्रहरीले आफ्नो पूर्वप्रमुखको खोजी सुरु गरेको छ। तर मुम्बईमा उनीसँगै बस्ने श्रीमती र छोरी तथा विदेशमा बस्ने छोरा अनि उनका वकिलहरू सिंह कहाँ छन् भन्ने विषयबारे मौन छन्।

यो घटनाको जालो गत फेब्रुअरी महिनामा एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको घरनजिकै विस्फोटक पदार्थ भरिएको एउटा गाडी फेला परेसँग जोडिन्छ। केही दिनपछि उक्त गाडीका कथित धनीको शव सहरनजिकै समुद्रमा फेला पर्‍यो। प्रहरीले उनको हत्या भएको र शव फ्याँकिएको निष्कर्ष निकाल्यो।

मृतकसँग परिचित एक प्रहरी अधिकृत पक्राउ परेपछि घटनाक्रमले थप जटिल मोड लियो। अपराध शाखामा कार्यरत सहायक निरीक्षक सचिन वाझे मुकेश अम्बानीको घरबाहिर फेला परेको विस्फोटक पदार्थ भरिएको गाडी र माथि उल्लिखित हत्यासँग सम्बन्धित योजनामा संलग्न भएको अनुसन्धानकर्ताहरूको विश्वास छ। तर वाझेले आरोप अस्वीकार गरेका छन्।

मार्च महिनामा सिंहलाई आफ्नो पदबाट हटाइयो। उनलाई प्रहरीलाई सहयोग गर्ने कम स्रोतसाधन रहेको होम गार्डको प्रमुख बनाइयो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनलाई दण्डित गर्न त्यसरी सरुवा गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै