Comments Add Comment

Advertisment

SKIP THIS

लयमा फर्किंदै पोखराको खेलकुद

२ पुष काठमाडौै । पर्यटकीय शहर पोखरा खेलकुद गतिविधिमा देशकै अग्रणी स्थानमा पर्दछ । यहाँ हरेक साता प्रतियोगिता हुने गर्दछन् । रङ्गशालामा दैनिक प्रशिक्षण सञ्चालन हुन्छन् ।

अधिक खेल गतिविधिका कारण पोखरालाई खेल पर्यटनको सहर घोषणा गर्नुपर्ने मागसमेत हुँदै आएको छ । एकै थलोभित्र अधिकांश खेलका आवश्यक पूर्वाधार र उहाँको प्राकृतिक सौन्दर्यका कारण राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताको केन्द्र पोखरा रङ्गशाला बनेको छ । रङ्गशाला बाहिर पनि विभिन्न खेल सञ्चालन हुँदै आएका छन् ।

खेलकुदको उर्वरभूमि महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण अन्य क्षेत्र जस्तै नराम्रोसँग प्रभावित बन्यो । खेल गतिविधि नटुट्ने रङ्गशाला सुनसान बन्यो । प्रशिक्षण र प्रतियोगिता रोकिए । खेलाडी घरमै ‘सेल्फ प्राक्टिस’को बाध्यतामा पुगे पनि अहिले विस्तारै खेल क्षेत्र पुरानै लयमा फर्किन सुरु गरेको खेलकर्मी बताउँछन् ।

केही सातादेखि यहाँ खेलकुद प्रतियोगिता सञ्चालन भएका छन् । रङ्गशालामा नियमित अभ्यास सुरु भएको छ । विगतमा वर्षेनी आयोजना हुने फुटबल, भलिबललगायतका खेलका मितिसमेत घोषणा भएका छन् ।

गत साता सम्पन्न तीन साता लामो ‘आइटिएफ गल्र्स÷ब्वाइज यु–१८ वल्र्ड ¥याङ्किङ टेनिस टुर जे–५’ अन्तर्गत सर्किट–१ र सर्किट–२ का प्रतियोगितालेसमेत खेल क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन मद्दत गरेको छ ।

यसैगरी गत महिना सम्पन्न १९ वर्ष मुनिको क्रिकेटको क्षेत्रीय छनोट प्रतियोगिताले पनि खेलकुद चलायमान बनाउन सहयोग पुग्यो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले कोरोनाविरुद्धको खोप र त्रास कम भएपछि रङ्गशालामा खेल प्रशिक्षण र प्रतियोगिता सुरु भएको बताउनुभयो । खेलकुद पुरानै अवस्थामा फर्किन सुरु भएको भनाइ छ ।

फुटबल, भलिबल, टेनिस, बक्सिङ, कराँते, ब्याडमिन्टनलगायतका खेलका बिहान र साँझमा प्रशिक्षण नियमित सञ्चालन भएको योगीले बताउनुभयो । उहाँले भन्नुभयो, “खेल क्षेत्र पनि लामो समय कोरोनाको मारमा प¥र्यो ।

रङ्गशालाको गेटमा ताला लगाएर बस्नुपर्ने अवस्था आउँदा अभ्यास, प्रतियोगितालगायतका सबै कार्यक्रम रोकिए । अहिले प्रशिक्षणसँगै प्रतियोगिता पनि सुरु भएका छन् ।”गण्डकी प्रदेशलाई नवौँ राष्ट्रिय खेलकुद आयोजनाकोसमेत जिम्मेवारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment