क्रिकेटर सन्दीप लामिछाने रिहा -
Comments Add Comment

क्रिकेटर सन्दीप लामिछाने रिहा

२९ पुष , काठमाडौं । नाबालिगमाथि बलात्कारकाे आरोप खेपेका क्रिकेटर सन्दीप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनले सन्दीपलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश दिएको थियो ।

उच्च अदालतको आदेशअनुसार सन्दीपले २० लाख रुपैयाँ धरौटी बुझाएपछि केन्द्रीय कारागार सुन्धाराबाट निकालिएको हो । सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौं बुझाएपछि रिहा भएका हुन् ।

बिहीबार न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो । आदेश प्राप्त हुनासाथ उनलाई अदालत उपस्थित गराइएको जेलर बाँस्कोटाले बताएका छन् ।

सन्दीपलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds