आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक लघु चलचित्र “माया जाल”को शुभारम्भ -
Comments Add Comment

Advertisment

SKIP THIS

आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक लघु चलचित्र “माया जाल”को शुभारम्भ

काठमाण्डौ, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी परिसर,ललितपुरद्वारा आयोजित विश्व आत्महत्या रोकथाम दिवश २०८० अवसरमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक लघु चलचित्र “माया जाल”को ललितपुर महानगरपालिका झम्सिखेलमा सोमबार शुभारम्भ गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले आत्महत्या नै अन्तिम विकल्प नभएकाले एक पटक असफल हुदैमा जीवन नसकिने तथा लडेर उठ्नु नै जीवन भएकाले एक पटक मात्र पाएको आफ्नो अमूल्य समय बर्वाद नगर्न अनुरोध गर्दै यस जनचेतना मूलक वृत्तचित्रले थप चेतना फैलाउने र अमूल्य मानव जीवन बचाउन टेवा पुर्‍याउने अपेक्षासमेत व्यक्त गर्नुभयो ।

साथै उपत्यका अन्तर्गत हुने आत्महत्याका घटनाहरूलाई न्यूनीकरण गर्न समुदाय स्तरमा नै जनचेतना अभिवृद्धि गर्दै आत्महत्या जस्तो गम्भीर प्रकृतिका घटनालाई न्यूनीकरण गर्न आफ्नो परिवार, टोल तथा सम्पूर्ण समाजकै ऐक्यवद्दता हुनुपर्नेमा जोड दिदै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवदद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहत परिसरहरुबाट १०३ वटा कार्यक्रमहरू सञ्चालन गरिसकिएको बताउनु भयो ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्षले आत्महत्या न्यूनीकरण सम्बन्धमा आ-आफ्नो धारणा राखेको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्दी विक्रम शाहले जनचेतनामूलक लघु चलचित्र “माया जाल” को वृतचित्र निर्माणमा सहयोगी संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा सामुदायिक केन्द्र तिखेदेवलका अध्यक्ष तथा पूर्व एआईजी गोविन्द प्रसाद थापा, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, उपत्यकाका प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षकहरू, जिल्ला सुरक्षा समिति ल.पु. का पदाधिकारीहरु, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, शुभ मिडिया होम प्रा.लि.का सरोज ओली, प्रभु बैकका CEO अशोक शेरचन, नेपाल मेडिसिटी अस्पतालका पङ्कज बाँस्कोटा तथा Medical Superintendent डा. रोज राणा, पूर्व प्रहरी कर्मचारीहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, नेशनल ल कलेज लगायतका शिक्षक, विद्यार्थीहरु, र स्थानीय भद्र भलादमीहरू लगायत अं. २५० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै