Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा एकै दिन ३६ सय सवारी चालकमाथि कारबाही

२८ असोज , काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ६१७ जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ३३४ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १८१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने १२३ जना र ढोका खुल्ला राखेर सवारी चलाउने १०१ जना सवारी चालक रहेका छन्।

सडक लेन उल्लङ्घन गर्ने ९५ जना, रातो बत्तीको उल्लघन गर्ने ६७ जना, एकतर्फी सडकमा सो विपरीत चलाउने ५८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ४३ जना सवारी चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै