धनुषा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा एक जनालाई पक्राउ -
Comments Add Comment

धनुषा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा एक जनालाई पक्राउ

धनुषा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१४ घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष २१ को भाग्यनारायण यादव रहेका छन्।

पीडितले प्रयोग गर्ने मोबाइल नम्बरमा अननोन सोर्स भएको यूएलआर लिंक एसएमएसमार्फत् पठाई सोही लिंकको एक्सिज लिई पीडितको बैंक खातामा अनधिकृत रुपमा पहुँच पुर्‍याई खातामा भएको मौज्दात रकम अन्यत्र बैंक खाता तथा वालेटमा ट्रान्सफर गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ।

 

यादवलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै