Comments Add Comment

Advertisment

SKIP THIS

अछाममा सडक र पुल निमार्णको लागि ७४ करोड बजेट

२६ साउन , काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन गरेको छ ।

अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्की पुल निर्माण, सडकको स्तरोन्नति र नयाँ ट्रयाक खुलाउन बजेट विनियोजन गरेको हो ।

जयगढ–माझेठाना– रामारोशन सडक कालोपत्रेका लागि २० करोड छुटाएको पूर्वाधार विकास कार्यालय अछामले जानकारी दिएको छ ।

चिसापानी– जंगलघाट बाजुराको बडीमालिका जोड्ने सडकमा १४ करोड छुटाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले विनायक–लयाटी –पुल्लेलोला– रामारोशन सकडर चिसापानी–जंगलघाट –ऋषिदह–वाजुराको बडिमालीका सडक (गैरिटाँड–कालागाउँ–दर्ना खण्ड) ५/५ करोड विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै