Comments Add Comment

Advertisment

SKIP THIS

निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई दैनिक १२ सय भत्ता दिने

३० भाद्र , काठमाडौँ । निर्वाचन सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई दैनिक १२ सयको दरले भत्ता दिने निर्णय गरिएको छ ।

अर्थमन्त्रालयले भत्ताका लागी आवश्यक रकम उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ । आफु कार्यरत रहेको स्थानमा निर्वाचन सुरक्षामा खटिने प्रहरीले ७ दिनको भत्ता पाउँछन् ।

कार्यरत स्थान भन्दा बाहिरको जिल्लामा खटिनेलाई दैनिक १२ सयको दरले १४ दिनको दैनिक भ्रमण भत्ता दिने निर्णय गरिएको छ । त्यस्तै, निर्वाचनमा खटिने प्रहरीका लागि आवश्यक औषधी खरिद गर्न अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई ५० लाख निकासा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै