Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली काँग्रेसमा युवा पुस्तान्तरण छिटो हुनेछ : कुमार भण्डारी

२९ कात्तिक , काठमाडौ । यतिबेला नेपाली काँग्रेसको विभिन्न तहका पाटी अधिवेशनहरु धमाधम भइरहेका छन् ।

आउदो मंसिरमा हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गरि भइरहेका तल्लो तहका अधिवेशनहरुमा युवा पुस्ताको प्रभाव देखिन्छ ।देशभर हाल सम्मको अवस्था हेर्दा काँग्रेसमा युवापुस्ताको गतिलो सक्रियता छ ।यसले गर्दा अन्य पाटीमा भन्दा नेपाली काँग्रेसको सक्रिय राजनीतिमा युवा पुस्तान्तरण छिटो हुने अवस्था देखिन्छ । यहि अवस्थालाई मध्यनजर गर्दै सूर्यबिनायक नगरपालिका ९ नंखेलका काँग्रेसका युवा नेता कुमार भण्डारी सँग गरिएको संक्षिप्त कुराकानी ?

काँग्रेसको युवा राजनीति गर्दै हुनुहुन्छ ,कसरी प्रवेश भयो काँग्रेस राजनीति ?

हजुरबुवा, बुवा पनि राजनिती तिर झुकाब भएको कारण पारिवारिक वातावरणले राजनीति तिर लाग्न बाल्यकाल देखिनै प्रेरित गरयो।त्यसैले काँग्रेसको राजनीति तिर लागें। कांग्रेस पार्टीको क्रियाशिल सदस्य भएर नेपाली कांग्रेसको संगठन बिस्तारमा लागिपरेको छु।युवा पुस्तालाई काँग्रेसमा सहभागी बनाउन मेरो क्षेत्रमा अहिले सक्रिय छु ।

नेपाली कांग्रेसको कार्यकर्ता भएर चाहिँ किन राजनीति गर्दै हुनुहुन्छ नि ?

म बुझ्ने भएदेखि बिपीको सिद्धान्त र बिचारबाट प्रेरित भएकोले नेपाली कांग्रेसबाट राजनीति गर्दै आएको छु ।विपिको प्रजातान्त्रिक समाजवाद देखि उहाँले देखाउनु भएको बाटो अत्यन्तै राम्रो छ ।महामानव विपिले देखाएको सिद्धान्तलाई आत्मसात् गरेर अहिलेको पुस्ता अनि राजनीति अगाडि बढे यसमै समृद्धि र विकास छ ।विपिको सिद्धान्त कहिले पनि पुरानो र असान्दर्भिक छैन ।दुर्भाग्य कहिले पाटी नेतृत्व र नेताले विपिको सिद्धान्तलाई दुरुपयोग गरेको देखिन्छ ,यस्ता दुरुपयोग लाई रोक्न हामी जस्तैः युवा काँग्रेसको आवश्यकता छ ।

राजनीतिलाई पेशा बनाए यसको दुरुपयोग भन्ने आरोप लाग्ने गर्छ, तपाई राजनितीलाई कसरी लिनुहुन्छ ?

राजनीतिलाई पेशा बनाए भन्ने आरोप बेला बेला लाग्ने गरेको सुन्नमा आउने गरेको पाइन्छ। केही हद सम्म साँचो पनि हो, कसैले पेशा छोडेर राजनीतिमा लाग्दा पद पाएपछि पेशा बनाए ,कसैले ब्यबसायमा लागेर पार्टीलाई चन्दा दिएको भरमा पदमा पुगेर पेशा बनाए। यस्ता अवसरवादिलाई नेतृत्व तहले चिनेर कारबाही नगर्ने हो भने संस्कार नै बन्न सक्छ। त्यसैले राजनीति पेशा होईन समाज सेवा हो भन्ने संस्कारको बिकास हुनु पर्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै