Comments Add Comment

Advertisment

SKIP THIS

गृह मन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक जारी

२ असार, काठमाडौ । गृह मन्त्रालयमा विपद व्यवस्थापन कार्यकारी समितीको बैठक बसिरहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा ठुलो जनधनको क्षति भएको खबर आएपछि कार्यकारी समितिको बैठक शुरु भएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) जनकराज दाहालले न्युज२४ग्यालेक्सीलाई बताए ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मात्र बाढीले बगाएर कम्तिमा ७ जनालाई बेपत्ता बनाएको छ । बेपत्ता मध्ये एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले न्युज२४ग्यालेक्सीलाई बताए ।

विपद् व्यवस्थापन कार्यकारी समितीको बैठकमा गृहमन्त्री खगराज अधिकारी, राष्ट्रिय विप्द न्यूनिकरण तथा व्यवस्थापन प्रधिकरणका सिइओ अनिल पोखरेल, गृह सचिव र सह–सचिव जनकराज दाहाल सहितका पदाधिकारी सहभागी छन् ।

बैठकमा पछिल्लो बाढी, पहिरोका कारण विस्थापितलाई राहत र पुनर्स्थापना कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

रास्वपाको सचिवालय बैठक जारी

एमालेको केन्द्रीय कमिटी बैठक जारी

एमाले केन्द्रीय कमिटी बैठक जारी