Comments Add Comment

Advertisment

SKIP THIS

मिर्गौला झिकेर बेच्न उद्देश्यले आर्थिक प्रलोभनमा पार्ने मोती लामा पक्राउ

२० फागुन , काठमाडौं । मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका-१९ घर भई हाल काठमाडौं नगरपालिका-४ मा डेरा गरी बस्ने बर्ष ३९ को मोति लामा रहेका छन् ।

लामाले सोझासाझा नेपाली जनताहरुलाई तपाइँहरुको आर्थिक अबस्था कमजोर छ  एउटा मृगौला झिक्दा खासै फरक पर्दैन बरू रु.८,००,०००।-(अक्षरेपी आठ लाख) बराबरको मोटो रकम पनि हात पर्छ भनी ललाई-फकाई, आर्थिक प्रलोभन देखाई केही व्यक्तिहरुलाई मृगौला झिक्नको लागि भारत लैजाने प्रयोजनार्थ माछापोखरी इलाकामा ल्याई राखिएको भन्ने पीडितद्धारा सूचना प्राप्त भएको बताए ।

महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौं नगरपालिका-१६ माछापोखरीमा रहेको होटल न्यू दक्षिणकालीबाट किड्नी निकाल्ने उद्देश्यले काठमाण्डौबाट भारतसम्म लगी मानव बेचबिखन गर्नको लागि भारत लैजान तयार पारिएका दुईजना पीडितहरुलाई उद्धार गरिएको प्रहरीले जानकारी दिए ।

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका-१९ घर भई हाल काठमाडौं नगरपालिका-४ मा डेरा गरी बस्ने बर्ष ३९ को मोति लामालाई मिति २०७८।११।१६ गते प्रहरीले पक्राउ गरेको छ ।

घटनाको सम्बन्धमा निज मोति लामा मानब बेच बिखन तथा ओसार पसार उद्योग कसूर मुद्धामा काठमाण्डौ जिल्ला अदालतबाट दिन-७ को म्याद अनुमति लिई महानगरीय प्रहरी बृत्त बालाजुबाट थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै