Comments Add Comment

Advertisment

SKIP THIS

भोजपुरबाट मोटरसाइकल चोरीमा संलग्न छ जना पक्राउ

२३ साउन , काठमाडौं । जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइकल चोरीमा संलग्न छ जनालाई पक्राउ गरेको छ । यहाँबाट हराएका चार ओटा मोटरसाइलसहित उनीहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । रातको समयमा पार्किङ गरेको ठाउँबाट चोरी गरेर बाहिरका जिल्लामा लैजाने गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

प्रहरीले गत असार १० गते भोजपुरको पौवादुङमा गाउँपालिका श्यामशिलाका राजेन्द्र तामाङको चोरी भएको मोटरसाइलसहित खादवारी नगरपालिका १० बस्ने २६ वर्षीय निराजन गौतम र २५ वर्षीय टिकाराम तिवारीलाई पक्राउ गरेको हो ।

त्यस्तै असार २३ गते अरुण गाउँपालिकाबाट हराएको फत्तसिं राईको मोटरसाइलसहित संखुवासभाको पाँचखपन नगरपालिका २ का २३ वर्षीय रविकिरण राईलाई पक्राउ गरेको हो । त्यस्तैगरी जेष्ठ ८ गते भोजपुरको देउरालीबाट स्थानीय बालम राईको चोरी भएको मोटरसाइकलसहित संखुवासभाको खाँदबारी नगरपालिका ७ बस्ने २५ वर्षीय मौसम तामाङ र सभापोखरी गाउँपालिका ३ का २८ वर्षीय उपेन्द्र तामाङ पनि पक्राउ परेका छन् । त्यस्तै भोजपुर बजारमा पाकिङ गरेको ठाउँबाट गिरेन्द्र खड्काको मोटरसाइल चोरी गर्ने खाँदबारी नगरपालिका १ का ४० वर्षीय रोहितमान राईलाई प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरुले संखुवासभाका दुर्गम ठाउँमा लगेर नम्बर प्लेट तथा पूर्जाहरु परिवर्तन गरेर मोटरसाइकल चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए । चोरीका मोटरसाइलहरु रु. २५ हजारदेखी रु.७० हजारसम्ममा विक्री गरेको पाइएको उनको भनाइ छ ।
प्रहरीले मोटरसाइल किन्ने तथा पूर्जाहरु परिवर्तनमा सहयोग गर्ने ग्यारेजवालालाईसमेत नियन्त्रणमा लिएको हो । चोरीको योजना बनाउने मुख्य योजनकार बम बहादुर न्यौपानेलाई इटहरीबाट पक्राउ गरी भोजपुर ल्याउने तयारी भईरहेको प्रमुख राईको भनाइ छ ।

प्रमुख राईले भने,‘ केहि समय अघिबाट यहाँ मोटरसाइल चोरीको आतङ्क नै बढेको थियो । प्रहरीले यसको सुक्ष्म ढंगले अनुुसन्धान गरेर पक्राउ गर्न सफल भएको छ । केहिलाई नियन्त्रणमा लिएका छौँ । उनीहरुको बयानको आधार यसमा संलग्न अरुको पनि खोजी गछौँ ।’पक्राउ परेका मध्ये कतिपय यस अघि पनि मोटरसाइल चोरीमा पक्राउ परिसकेका पनि रहेको प्रमुख राईको भनाइ छ । उनीहरुले रातको समय प्रहरीको आँखा छल्नको लागि चोरबाटोको प्रयोग गरेको पाईएको प्रहरीको भनाइ छ ।उनीहरुलाई चोरी मुद्धामा जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै