Comments Add Comment

सन्दीपलाई कालोसूचीमा राखेपछि नायिका रिमाको आक्रोश

२७ भाद्र , काठमाडौँ । प्रहरी अनुसन्धानमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको विषयलाई लिएर नायिका तथा रियालिटी शाे होस्ट रिमा विश्वकर्माले प्रश्न उठाएकी छन् ।

एउटा अन्तर्राष्ट्रिय स्तरको खेलाडीलाई दोष प्रमाणित हुनु अगाडि नै यसरी कालोसूचीमा राखिनु न्यायपूर्ण नभएको उनको तर्क छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै रिमाले आफ्नो आक्रोश व्यक्त गरेकी हुन् ।

उनले सन्दीप लामिछाने दोषी हुन् वा निर्दोष भन्ने छानबिनपछि मात्रै थाहा हुने उल्लेख गर्दै दोषी ठहर भए कानुन बमोजिम सजाय पाउनुपर्ने पनि बताएकी छन् ।

उनले सोमबार फेसबुकमा लेखेकी छन्, ‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनु पर्छ, अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन। तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै