१२ असार , काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावलाई अघि बढाउन माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद खगराज अधिकारीले ‘प्रधानन्यायाधीश सिंहदरबारको एउटा सर्वोच्चको अर्को’ भन्दै जनगुनासो बढेकाले महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्याउन माग गरे ।
उनले भने, “महाअभियोगको प्रस्ताव समितिमा नलैजानु हाम्रो असक्षमता हो । यसको साक्षी प्रतिनिधिसभा बन्नु हुँदैन,” उनले भने, “आजै समितिमा लगी छानबिन र सुनुवाइ प्रक्रिया सुरु होस् ।”




