Comments Add Comment

Advertisment

SKIP THIS

भिजिट भिसामा दुबई पठाउन खोजेको आरोपमा प्रहरीले थप एकजना एजेन्टलाई प्रहरीले पक्राउ

काठमाडौँ । भिजिट भिसामा दुबई पठाउन खोजेको आरोपमा प्रहरीले थप एकजना एजेन्टलाई पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएर काठमाडौँ–१६ माछापोखरी बस्ने ३४ वर्षीय बबि श्रेष्ठ उर्फ नुरमायालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले २५ फागुनमा रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर–३ रुद्रपुर घर भएका ४६ वर्षीय भविलाल थापालाई पक्राउ गरेको थियो । भविलालबारे अनुसन्धान गर्न विमानस्थल सुरक्षा कार्यालयले उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो । अनुसन्धान गर्दै जाँदा बबि श्रेष्ठको पनि संलग्नता देखिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

एजेन्टहरुले ३ जना महिलालाई प्रतिव्यक्ति २ लाख लिएर दुबईमा घरेलु कामदारको रुपमा काममा लगाउने आश्वासन दिएको अनुसन्धानबाट थाहा भएको छ । पीडित ३ जना महिलालाई प्रहरीले विमानस्थलबाट फिर्ता पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै