Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश दिने

७ पुष , काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने भएको छ ।

टेलिकमको सञ्चालक समितिले चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । टेलिकमको चुक्ता पुँजी १८ अर्ब रहेको छ । टेलिकमका सरकारको ९२ प्रतिशत र सर्वसाधारणको ८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस हिसाबले टेलिकमबाट सरकारले गतवर्षको नाफाबाट ६ अर्ब ६२ करोड रूपैयाँ लाभांश पाउने छ । सरकारले पुस २८ गते साधारणसभा बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै