Comments Add Comment

Advertisment

SKIP THIS

स्रोत नखुलेको ५० लाखसहित कपनबाट एक जनालाई प्रहरीले पक्राउ

१९ साउन , काठमाडौं । कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्नरहेको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरी वृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले २४ बर्षिया धावा घ्याल्चेनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सादा पोसाकमा खटेको प्रहरीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौँ तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेनलाई बुधबार राति पक्राउ गरेको हो ।

बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको ३२ लाख र घ्याल्जेनको कोठामा समेत जाँच गर्दा १७ लाख ५० हजार गरी ४९ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

काका नाता पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र पैसा पठाउने गरेको प्रारम्भिक बयान उनले प्रहरीलाई दिएका छन् । घ्याल्चेनले सो रकम हुण्डीमा प्रयोग हुने गरेको आशङ्का रहेको जनाउँदै प्रहरी थुनामा राखेर थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै