२९ साउन , काठमाडौ । काठमाडौं महानगरपालिका-११ स्थित थापाथली पुलबाट शनिबार दिउँसो खोलामा हाम फालेकी ललितपुर बस्ने २० वर्षीया महिलाको सकुशल उद्धार गरिएको छ ।
एक जना महिला खोलामा हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सिंहदरबारबाट तत्काल खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो ।
हाम फाल्नुको कारण हाल नखुलेको र घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



