Comments Add Comment

Advertisment

SKIP THIS

चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा साउदीको जेलमा

२७ साउन , काठमाडौं । साउदी अरेबियामा चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा जेल जीवन बिताइरहेको पाइएको छ।

महोत्तरी बर्दिबास-६ निवासी अमलेश साह कार्यरत कम्पनी छोडेर अर्को कम्पनीमा गएपछि बराक नसीर अल दोसरीले झुटो चोरीको आरोप लगाएको हो।

कम्पनीले सम्झौता बमोजिम तलब सुविधा नदिए पछि उनी बाध्य भएर कम्पनी छोड्दा सोही कम्पनीले पक्राउ गराएर एक वर्षदेखि जेलमा रहेको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए ।

अभियन्ता रायका अनुसार अमलेशका घर परिवारले करिब चार महिनादेखि उनको उद्धारको लागि वैदेशिक रोजगार विभागमा गएर निवेदन दिए पनि कुनै पहल नभएको सुनाए । आफूले पनि वैदेशिक रोजगार बोर्डमा कानुनी सहायता र उद्धारको लागि निवेदन दिएको उनले बताए।

साउदी अरबमा नेपालबाट म्यानपावर कम्पनीले सम्झौता गरेअनुसारको काम र सुविधा नपाएपछि कम्पनी छाडेर अर्को कम्पनीमा जाने कामदारको संख्या बढेको छ। पुरानो कम्पनीले चोरीको झुट्टो मुद्दा हालेर धेरै नेपाली श्रमिकहरूलाई बिना गल्ती जेल जीवन बिताउन बाध्य पार्ने क्रम बढेको सोरोकारवालाहरुले बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै