Comments Add Comment

Advertisment

SKIP THIS

रौतहट प्रहरीद्वारा एकै दिनमा ६ जना फरार प्रतिवादी पक्राउ

१२ असार , काठमाडौ । रौतहट प्रहरीले मंगलबार एकै दिनमा ६ जना फरारको सूचीमा रहेका प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत रौतहटको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय भई फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कुटपिट अङ्गभङ्ग मुद्दाको फरार प्रतिवादीहरू गरुडा नगरपालिका २ गेडहिगुठिका वर्ष ६५ का बलिराम सहनी, सोही ठाउँका वर्ष ५५ को कृष्णनन्दन सहनी, वर्ष ३५ का सुनिल सहनी, वर्ष ३९ का प्रभुनन्दन भन्ने शशि सहनी रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।

त्यसैगरी जुवा सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू गरुडा ६ पोथियाहिका ६५ वर्षीय जम्दार साह र ६० वषीय जुकिन्द्र साह पनि पक्राउ परेको एसपी बुढामगरले जानकारी दिए । पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराई प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment