Comments Add Comment

Advertisment

SKIP THIS

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ

१३ असार , काठमाडौ । सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभु घर भएका ३९ वर्षीय लिलेन्द्र श्रेष्ठ ‘श्याम’ छन् ।

काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध ११ महिना ५ दिन कैद ठहर गरेको छ । २०६२ भदौमा सो फैसला भएपछि श्रेष्ठ फरार थिए । उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment