बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ -
Comments Add Comment

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

८ माघ , काठमाडौ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ गंगाजमुना गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-३ बाँसबारी बस्ने २९ वर्षीय लोकमान गुरुङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ वैशाख ६ गतेको फैसलाले ८ लाख २४ हजार रुपैयाँ बिगो तथा जरिवाना, ७ दिन कैद र ३२ हजार ९ सय ६० रुपैयाँ छतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँबाट पक्राउ गरेको छ ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds