Comments Add Comment

Advertisment

SKIP THIS

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२९ मंसिर , काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५, ठाडो भर्‍याङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सिन्धुलीको मरिन गाउँपालिका–३ का २२ वर्षीय निर्मल लामाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

आज बिहान करिब साढे ५ बजे सीतापाइलाबाट स्वयम्भूतर्फ आउँदै गरेको बा१ग ७६३ नम्बरको पर्यटक बसले विपरीत दिशाबाट जाँदै गरेको वाग्मती प्रदेश ०२ ०१८ प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै