Comments Add Comment

Advertisment

SKIP THIS

कास्कीको हेम्जामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१६ साउन , काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२५, हेम्जामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराती पोखराबाट हेम्जातर्फ जाँदै गरेको ग१७प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकको ठक्करबाट कास्कीकै माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकका २७ वर्षीय नवराज नेपालीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात् फरार रहेका ट्रक चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै