Comments Add Comment

Advertisment

SKIP THIS

सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१५ कार्तिक , काठमाडौं । सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार धनगढीमाई नगरपालिका ७ मा विङ्गरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । एक युवती घाइते भएकी छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोलबजार नगरपालिका १२ बस्ने २२ वर्षीय अमरेश कुमार मण्डलको उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

घाइते भएकी मोटरसाइकलमा पछाडि सवार १८ वर्षीया पर्वती देवी मण्डलको भने मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment