Comments Add Comment

Advertisment

SKIP THIS

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२८ वैशाख, काठमाडौं । कलंकीमा टिपरको ठक्करबाट बुधबार बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी अनिलकुमार घिमिरेका अनुसार बा ५ ख ७३४५ नम्बरको टिपरले दिशाबाट आइरहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक धादिङ धुनिवेशी नगरपालिका–२ का दिवाकर अधिकारीलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो ।]

उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र टिपर चालक लीलाबहादुर तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै