Comments Add Comment

Advertisment

SKIP THIS

छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

७ भदौ , काठमाडौं । कैलालीमा छाडा गाईसँग ठोक्किएर दुर्घटना हुँदा गए राति मोटरसाइकल चालकको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश-०१-०११ प ३८१६ नम्बरकाे मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा ज्यान गएकाे हाे ।

मोटरसाइकलमा रहेकी शर्मिलाको त्यही अस्पतालमा उपचार भइरहेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment