Comments Add Comment

Advertisment

SKIP THIS

घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै लाखौं ठगी गर्ने रामचन्द्र पक्राउ

काठमाडौं, घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।

लाखौं रकम ठगेको आरोपमा एक जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार साँझ थापाथलीबाट पक्राउ गरेको एसपी सिताराम रिजालले जानकारी दिए।

उनका अनुसार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ का २७ वर्षीय रामचन्द्र चालिसे पक्राउ परेका हुन्।

ठगी गरेको पैसाले उनी काठमाडौंका महँगा होटलहरूमा बस्थे।

वास्तविक नाम रामचन्द्र भए पनि उनले आफूलाई अरू नै विभिन्न नामबाट चिनाउँथे। नकुल चालिसे, आकाश भट्टराई र आर.एन क्षेत्री भनेर पनि उनले ग्राहकलाई चिनाउने गरेको अनुसन्धानबाट खुलेको छ।

उनले ‘घर जग्गा (लोन सेवा)’ नामक फेसबुक पेज पनि चलाएका छन्। २०७९ फागुन ४ गते बनाएको उक्त पेजमा ऋण, घर, जग्गा चाहिएमा सहयोग गर्ने उल्लेख छ।

यसरी सेवा दिन उनले कार्यालय भने खोलेका थिएनन्। कर्मचारी पनि छैनन्। आफैंले चलाउने फेसबुक पेज देखेर कतिपय ग्राहकले त्यसैमा ऋण/घर/जग्गा चाहियो भन्दै मेसेज गर्थे। कसैसँग कुरा भाइहाले पनि उनी ती ग्राहकलाई कुनै क्याफे वा रेस्टुरेन्टमा बोलाएर कुराकानी गर्थे।

‘फेसबुकमा एउटा पेज बनाएर घर जग्गाको कारोबार गर्ने, ऋणको व्यवस्था गर्ने भन्ने रहेछ। त्यो देखेर मान्छेले ऋण चाहिएको भन्दै मेसेज गर्छन्,’ एसपी रिजालले भने, ‘ऋण चाहिएको छ भने एउटा कुनै क्याफेमा आउनुस्, कुराकानी गरौं भन्‍ने रहेछन्।’

चालिसेले छलफल गर्ने क्रममा ऋणको प्रतिशत र मिलाइदिए बापतको ‘सर्भिस चार्ज’ लिने गरेको खुलेको हो। कतिपय व्यक्तिहरूका नाममा कम्पनी खोल्ने भनेर नागरिकता दुरूपयोग गरेको पनि पाइएको छ।

त्यसरी कतिपय ग्राहककै नागरिकता लिएर विभिन्न बैंकमा खाता खोलेको पाइएको एसपी रिजालले बताए।

‘नागरिकता लिएपछि बैंक खाता खोल्ने, जग्गाहरू धितो राखेर म ऋण मिलाइदिन्छु भनेर विश्वासमा लिएको पायौं,’ उनले भने, ‘सुरक्षाका लागि चेक लिनुस् भनेर एउटा थमाई पनि दिने रहेछन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै