Comments Add Comment

Advertisment

SKIP THIS

तपस्वी बम्जन साधारण तारेखमा रिहा, कडा सुरक्षाको साथ सिन्धुपाल्चोक लगियो

८ साउन , काठमाडौ । आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जनलाई नुवाकोट अदालतले साधारण तारेखमा रिहा गरेको छ ।

महिला बेपत्ता बनाएको मुद्दामा नुवाकोट प्रहरीले १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको माग दाबीसहित मुद्दा दायर गरेको थियो।

तर उनलाई थुनछेक बहसपछि जिल्ला न्यायाधीश सुभाषवावु पुरीको इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो । उनलाई छुट्टै मुद्दा दायरका लागि कडा सुरक्षाको साथ सिन्धुपाल्चोक लगिएको छ।

सोही मुद्दाका सम्वन्धमा अनुसन्धान गर्न बम्जनलाई ढुंगेस्थित नुवाकोट जिल्ला कारागारमा तीन सातासम्म राखिएको थियो । गत २०६९ सालमा नुवाकोटको म्यागङ गाउँपालिका–३ की २० वर्षीया एक महिलालाई आश्रमबाटै बेपत्ता बनाएको उजुरीमाथि प्रहरीले बम्जनमाथि मुद्दा दायर गरेको थियो ।

तपस्वी बम्जनलाई सर्लाही जिल्ला अदालतल बाल यौन दुराचार मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment