Comments Add Comment

काठमाडौ जिल्ला (माओवादी केन्द्र)ले सिन्धुपाल्चोकमा बाढीपहिरो बाट बिस्थापितहरुलाई सहयोग

४ असार, काठमाडौ । काठमाडौ जिल्ला (माओवादी केन्द्र) ले सिन्धुपाल्चोकमा बाढीपहिरो बाट बिस्थापितहरुलाई सहयोग गर्ने भएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काठमाडौ जिल्ला कार्यालयको भर्चुअल बैठक पच्चाप हालै लगातार भिषण बर्षाका कारण सिन्धुपाल्चोक जिल्लामा बाढी पहिरोबाट ठुलो मात्रामा जन धनको क्षति भईरहदा माओवादी केन्द्रको तर्फ बाट सक्दो राहत उपलब्ध गराउने भएको छ ।

हिमाल शर्माका अनुसार ”सिन्धुपाल्चोक जिल्लामा बाढी पहिरो बाट बिस्थापितहरुलाई कम्तिमा २०० बोरा चामल सहित स्वास्थ्य लगायतका अन्य अत्यावस्यक उपयोगी सामाग्रीहरु काठमाडौ पार्टी नेता,कार्यकर्ता र शुभचिन्तकहरुबाट सहयोग जुटाउने भएको छौ” ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment