Comments Add Comment

Advertisment

SKIP THIS

डीआईजी ज्ञवालीद्वारा जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

८ माघ , काठमाडौ । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीले भिडियो कन्फरेन्सद्वारा जिल्ला प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख तथा इलाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

आज बिहान भएको कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख ज्ञवालीले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी सदैव चुस्त दुरुस्त भई परिचालन हुन निर्देशन दिए ।

निर्देशनको क्रममा उनले अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागूऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा अहोरात्र खटिन तथा आम नागरिकहरुमा सचेतना अभिबृद्धि गर्न बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न निर्देशन दिएका छन् ।

साथै सङ्गठनको उद्देश्य तथा गरिमालाई सदैव उच्च बनाउने कार्य गर्न समेत निर्देशन दिए । सोही क्रममा जिल्ला प्रहरी प्रमुखहरुले समेत आ(आफ्नो जिल्लाको बस्तु स्थितिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment