Comments Add Comment

Advertisment

SKIP THIS

झापामा आगलागी हुँदा पाँच लाखको क्षति

२४ साउन , काठमाडौं । झापा गाउँपालिका–४ का अनवर अलीको घरमा (सोमबार) आगलागी भएको छ । आगलागीबाट भान्सासहितको घर पूर्णरूपमा जलेको छ । टिनको छानो भएको घर जल्दा अलीको आठ जनाको परिवार विस्थापित भएको छ ।अपराह्न साढे ३ बजेतिर भएको आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

आगलागीमा सबै समान जलेर नष्ट भएको रेडक्रस शरणामती उपशाखा सभापति महेन्द्र प्रसाईंले बताए । आगलागीबाट पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ । अली परिवारलाई तत्कालका लागि सोसियल नेटवर्क फर जस्टिक एन्ड डेभलपमेन्टले निर्माण गरेको आवासमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै