Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा निसास्सिएर तीन जना नेपालीको मृत्यु

१८ पुष , काठमाडौं । भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।

चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले निसास्सिएर चार वर्षीया छोरीसहित दम्पतीको हिजो ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उनका श्रमिती ३४ वर्षीया राधा र छोरी अञ्जलीको मृत्यु भएको हो । चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएका थिए ।

चन्द्रको परिवारलाई त्यो घरको तेस्रो तलामा एउटा कोठा दिइएको थियो । हिजो नयाँ वर्षको दिन दिउँसोसम्म पनि कोही कोठाबाट बाहिर नआएपछि घरबेटी त्यहाँ पुग्दा ढोका बन्द अवस्थामा थियो ।

ढोका फुटाएर हेर्दा चन्द्र र राधाको ज्यान गएको र अञ्जली बेहोस अवस्थामा भेटिएका थिए । उपचारको लागि स्थानीय अस्पतालमा पुर्‍याउँदासम्म अञ्जलीको पनि मृत्यु प्रहरीको भनाइलाई उद्धृत गर्दै दैनिक भाष्करले लेखेको छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागि पठाइएको र घटनाबारे मृतकको परिवारलाई खबर गरिसकेको टिपी नगर थाना प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै