Comments Add Comment

पार्किङ गरिराखेको बोलेरो चोरेर भाग्ने गोविन्दलाई कास्की प्रहरीले पक्राउ

काठमाडौं– जिल्ला प्रहरी कार्यालय कास्कीले जिप चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।

मंगलबार बिहान साढे १ बजे पोखरा महानगरपालिका–१० अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरिराखेको ग २ च २३४३ नम्बरको बोलेरो चोरी भएको थियो।

उक्त घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा–१४ समिनतरास्थित बस्दै आएका खाल्टेमसिनाका २० वर्षीय गोविन्द परियारले चलाइराखेको अवस्थामा फेला पारेको थियो।

परियारलाई पक्राउ गरी चोरी तथा डाँका मुद्दामा अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै