काठमाडौँ: काठमाडौ जिल्लाकाे शान्ति सुरक्षाकाे कमाण्ड समालेका एसएसपी विश्व अधिकारी नेपाल प्रहरीका एक अब्बल र निष्कलङ्क प्रहरी अधिकारी हुन । कानुन कार्यन्वयन ,विधिको शासन र प्रहरी संगठनकाे निर्देशनमा अगाडि बढ्ने एसएसपी अधिकारी बढ्ता प्रचारप्रसारमा खासै रुचि राख्दैनन् ।
उनले काठमाडौँ जिल्लाको कमान्ड सम्हालेपछि भएको आक्रमक कारवाहीले ठूलो सेटिङमा हुने गरेको हुन्डी तथा तस्करी सञ्जालहरु तोडिएका छन् भने हुन्डी तस्करहरुको भागाभाग भएको बुद्धिजीवी नागरिकहरु बताउँछन् ।
हिजो मात्र एसएसपी विश्व अधिकारीले पाएका विशेष सूचनाका आधारमा हुन्डीको पन्चानब्बे लाख सत्र हजार पाँच सय रुपैयाँ बरामद गरेको बताए । आफूहरुले सो रकमको ‘कनेक्सन’ खोजिरहेको एसएसपी अधिकारीले बताए । उनले भने, “प्रारम्भिक रुपमा हेर्दा सो रकम सुन किन्न वा हुन्डी गर्न ल्याइएको हुनसक्छ । यसबाहेक अपराधिक कामका लागि पनि हुनसक्ने सम्भावना रहन्छ । हामी यसको गहन अनुसन्धानमा जुटेका छौं । अहिले सबै कुरा भन्न सकिँदैन ।”
दुईवटा मोटरसाइकलमा सवार उनहरूलाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले खानतलासी गरेको थियो एसएसपी अधिकारीले बताए ।
पक्राउ पर्नेहरू काठमाडौंको तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र लमजुङको दोदी गाउँपालिका–३ कै ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन् ।







