Comments Add Comment

Advertisment

SKIP THIS

बलात्कार आरोपमा दाङका युवा वैज्ञानिक मार्सल रोका दुई दिनदेखि हिरासतमा

दाङ । युवा वैज्ञानिक मार्सल रोका बलात्कार आरोपमा दुई दिन प्रहरी हिरासतमा रहेका छन् । तुलसीपुर उपमहानगरकी एक युवतीले आफूलाई रोकाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गरे पछि उनलाई पक्राउ गरिएको हो।

दाङ प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार युवा वैज्ञानिक रोकालाई मंगलबार पक्राउ गरिएको र हिजो दाङ जिल्ला अदालतबाट सात दिनको हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पछि अनुसन्धान सुरु भएको छ ।

घोराही–१६ कपासेका रोका युवा वैज्ञानिकका रूपमा परिचित छन् । उनले स्कुले जीवनदेखि नै विभिन्न यन्त्रको आविष्कार गर्दै आएका छन् । उनले पेट्रोलविना खोटोबाट मोटरसाइकल चलाउनेदेखि अटोमेटिक स्यानिटाइजर टनेलको आविष्कारसमेत गरेपछि चर्चामा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै