Comments Add Comment

कञ्चनपुरमा एक युवा मृत फेला

२३ मंसिर , काठडमाडौं । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–११ मा एक युवा मृत फेला परेका छन्।

स्थानीय ३५ वर्षीय हरि भनिने मानबहादुर कार्की नालामा मृत फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका सई मोहन बहादुर सिंहले जानकारी दिएका छन्।

गए राति करिब साढे ६ बजेतिर उनी घरबाट निस्किएका उनको टाउकोमा कोतरिएको घाउ देखिएको छ। शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती अस्पतालमा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै