१ चैत , काठमाडौ । काठमाडौंको टंकेश्वरबाट प्रतिबन्धित लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
एसपी मैनालीका अनुसार महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएका प्रहरीको बिशेष टोली लागूऔषध नाईट्राभेट सहित दुई जनालाई काठमाडौं १३ टंकेश्वरस्थित सडकखण्डमा पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अनिलकुमार घिमिरेका अनुसार पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं। ०४ घर भई हाल काठमाडौं महानगरपालिका १२ टेकु बस्ने २० को अनिश थापा मगर र भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला वरमाभोजका बर्ष १९ को अजय गौतम छन् ।
पक्राउ परेका उनिहरूको साथबाट प्रहरीले लागूऔषध नाईट्राभेट ९०० पिस र एण्ड्रोइड मोबाइल दुई थान बरामद गरेको छ ।
पक्राउ गरेका दुईजनालाई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी बृत्त कालिमाटीबाट थप अनुसन्धान भई रहेको प्रहरी जनाएको छ ।





