२८ आषाढ ,काठमाडौ । नेकपा एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सर्वोच्च अदालतको फैसला र त्यसपछिका राजनीतिक घटनाक्रमबारे छलफल भएको नेताहरूले बताएका छन् । यस्तै भोलि बोलाइएको केन्द्रीय कमिटी बैठक के गर्ने भन्नेबारे समेत छलफल हुँदैछ ।
स्थायी कमिटी बैठकले एमाले कार्यदलले पार्टी एकताका लागि आइतबार राति तयार गरेको १० बुँदे सहमतिको मस्यौदालाई अनुमोदन गर्ने भनिएको थियो ।
तर सबै नेताहरूसहितको औपचारिक बैठक हुन नसक्दा कसरी अनुमोदन गरेर पार्टीलाई एकताबद्ध बनाउने भन्नेबारे पनि बैठकमा छलफल चलिरहेको छ ।