Comments Add Comment

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङमा पर्यटक चेकपोस्ट तथा सूचना केन्द्र स्थापना

लमजुङको मर्स्याङ्दी गाउँपालिका ९ सिम्पानी बगैँचामा पर्यटक चेकपोस्ट र सूचना केन्द्र स्थापना गरिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यलय भुजुङले सूचना केन्द्रसँगै चेकपोस्ट र इन्ट्री काउन्टर पनि स्थापना गरेको हाे।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार मर्स्याङ्दीमा पर्यटक चेकपोस्ट, सूचना केन्द्र र इन्ट्री काउन्टरहरू स्थापना भएसँगै अन्नपूर्ण पदमार्ग हुँदै मनाङ पुग्ने पर्यटकलाई थप सहज हुने भएको छ।

चेकपोस्टमा पर्यटकीय जिल्ला मनाङको भ्रमणमा आउने र अन्नपूर्ण पदमार्गको थोराङ पास गर्ने पर्यटकको तथ्यांक राख्ने र पर्यटकलाई आवश्यक सूचना उपलब्ध गराइनेछ।

सूचना केन्द्रलाई व्यवस्थित गर्दै पर्यटकको तथ्यांक राख्नका लागि चेक पोस्ट, सूचना केन्द्र र इन्ट्री काउन्टर स्थापना गरेको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए।

अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई मौसमको अवस्था, पदमार्ग, भूगोल, आवास सुविधालगायतका सूचना प्रदान गरिनेछ। साथै, पर्यटक अनुमतिपत्र जारी, प्रवेशपत्र, चेकजाँच, सूचना आदि सेवाहरू उपलब्ध हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय भुजुङका कार्यलय प्रमुख राजेश गुप्ताले बताए।

मौसम खराबीको कारण हुन सक्ने सम्भावित दुर्घटनाबाट पर्यटकलाई जोगाउन, तत्काल उद्धार गर्न, पर्यटकको यकिन विवरण राख्न चेकपोस्ट र सूचना केन्द्रले सहयोग पुग्ने विश्वाससमेत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै