Comments Add Comment

Advertisment

SKIP THIS

डोटीमा वडाध्यक्षको निधन

१५ मंसिर , काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ ।

बुधबार गाउँकार्यपालिकाको बैठक सकेर सानागाउँबाट घर फर्किने क्रममा जोशीको बाटोमै निधन भएको हो । उनी एक्लै घर गइरहेका बेला एक्कासी बाटोमा ढलेका थिए ।

उच्च रक्तचापका बिरामी रहेका जोशीको हृदयघातबाट मृत्यु भएको हुन सक्ने गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए । जोशीलाई जिल्ला अस्पताल डोटीमा ल्याउँदासम्म मृत्यु भइसकेको थियो । ६५ वर्षीय जोशी ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै