Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी सुदीप गिरिद्वारा हवल्दारमा बढुवा भएका सात जनालाई दर्ज्यानी चिन्ह प्रदान

२८ पुष , काठमाडौ । महानगरीय प्रहरी परिसर टेकु,काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरिले जनपद प्रहरी समूह तर्फको प्रहरी जवान पदबाट प्रहरी हवल्दारमा बढुवा भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।  

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २५ गतेको पत्रादेशानुसार जनपद प्रहरी समुहतर्फको प्रहरी जवान पदबाट सोही समुहतर्फको प्रहरी हवल्दार पदमा पदोन्नती भएका सात जना प्रहरी हवल्दार हरुलाई महानगरीय प्रहरी परिसर टेकु, प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरिले टेकु प्रहरी परिसरमा आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरिले पदोन्नती हुनुभएका प्रहरी हवल्दार हरुलाई बधाई दिनुका साथै उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक गिरिले दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै पदोन्नतिसँगै थपिएको उर्जा, जिम्मेवारी र कर्तव्य परायणतालाई प्रहरी कर्मचारीहरूले थप मजबुत एवं व्यावसायिक बनाई काम गर्ने विश्वास व्यक्त गर्नुभयो । कोभिड(१९ को बढ्दो सङक्रमण लगायतका अन्य चुनौतिको सामना गर्न सुरक्षाको उचित प्रवन्ध गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार तथा जवानहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment