Comments Add Comment

Advertisment

SKIP THIS

मलाई चुनाव प्रचारप्रसारमा रोक लगाइयो : सागर ढकाल

२२ कात्तिक , काठमाडौ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाएको बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत उहाँले  विभिन्न ठाउँमा प्रहरी, प्रशासनले आफूलाई रोक्ने गरेको आरोप लगाउनु भएको हो ।

उहाँले लेख्नु भएको छ : ‘मलाई जोगाइदिनुस् – जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचारप्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लङ्घन गर्दा आँखा बन्द गरेको प्रशासन मलाई हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिइएको छैन । मलाई रोकेको छ ।’

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भने चुनावी प्रचार गर्न कसैलाई नरोकिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत हेमप्रसाद ढकालले हिजो बेलुका विज्ञप्ति निकालेर आचारसंहिता पालना गरेर गरिने प्रचार कार्यमा अवरोध नहुने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै