Comments Add Comment

Advertisment

SKIP THIS

जुवाको खालबाट कोशी प्रदेशका पूर्वमन्त्रीसहित ९ जना पक्राउ

२७ साउन , काठमाडौ । जुवाको खालबाट प्रहरीले कोशी प्रदेशका पूर्वमन्त्रीसहित ९ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गौरीघाटमा तास खेलिरहेको अवस्थामा कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीसहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेशसभा सदस्य भण्डारी, एमालेकै कोशी प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, उत्तमकुमार राई र अनिश तामाङ छन् । बुद्धिकुमार कोशी प्रदेशका पूर्वमन्त्रीसमेत हुन् ।

त्यस्तै, चर्चित कलाकार पुरुषोत्तम आचार्य, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत छन। कलाकार शर्मा टेली शृंखला ‘सक्किगोनी’ का कलाकार हुन्।

उनले टिभी सिरियलमा प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गर्दै आएका छन्। काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

काभ्रेको बनेपा नगरपालिका(१२ का राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइने प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment