२७ मंसिर , काठमाडौ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले विराटनगर महानगरपालिका वडा नं १२ को दरैयामा विपन्न परिवारलाई जाडोमा उपयोगी न्यानो कपडा र स्टेशनरी सामग्री उपलब्ध गराएको छ ।
त्यहाँस्थित ६० घरमा बसोबास गर्दै आएका विपन्न परिवारलाई लत्ता कपडा तथा स्टेनशरी सामान बितरण गरिएको हो । प्रत्येक घरका एक सदस्यलाई जाडो मौसममा लगाउने न्यानो कपडा लगायतत बालबालिकाहरुलाई कपडा सेट, स्टेशनरी सामान बितरण गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष अजिता देवकोटा बास्तोला, विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरु वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक रन्जन बराल तथा प्रहरी कर्मचारीहरुको उपस्थितीमा ति सामग्री हस्तान्तरण गरिएको जनाइएको छ । प्रहरी श्रीमती संघले विभिन्न समयमा यस किसिमका सामाजिक सेवाका कामहरु गर्दै आएको छ ।


