३ भदौ , काठमाडौ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंह वृतहरूको निरीक्षणमा निस्केका छन् ।
व्यवहारमा नम्रता,शिष्टता र कानून प्रयोगमा निर्दयिता अपनाई कारवाही गर्नु : प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बिहीबार विहान महानगरीय प्रहरी वृत्त जनसेवा र दरबारमार्गको निरीक्षण तथा निर्देशन कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।

नागरीकलाई गर्ने व्यवहारमा नम्रता,शिष्टता र कानून प्रयोगमा निर्दयिता अपनाई अपराध गर्नेलाई विना हिच्चकिचहावट हदै सम्मको कारवाही गर्न महानगरीय प्रहरी परिसर टेकु कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भयो ।

निर्देशनको क्रममा बोल्नुहुदै काठमाडौंको प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्दै सो कुरा अन्तराष्ट्रिय जगतमा समेत जाने हुनाले उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न निर्देशन दिनु भयो । नागरिकको शान्तिसुरक्षाको जिम्मेवारी प्रहरीले लिएकाले कार्यक्षेत्रमा नागरिक संग गर्ने व्यवहारले प्रहरी वेला वेला आलोचना हुदै आएको स्मरण गराउदै आम नागरिक संगको व्यवहारमा शिष्टता र नम्रता अपनाउन पनि निर्देशन दिनु भयो ।

एसएसपी अशोक सिंहले भन्नु हुन्छ “कुनै कर्मचारीले व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटीएमा वा आर्थिक अनियमितता गरेको फेला परेमा त्यस्ता कर्मचारीहरूलाई कारवाही गरेरै छाड्छु कोही कतैबाट भनसुन गराएर वच्छु भन्ने नसोच्नु’’ भन्दै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने बताउनु भयो ।







