Comments Add Comment

Advertisment

SKIP THIS

पहिरोमा पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु

११ साउन , काठमाडौ । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि खसेको पहिरोले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो ।

तर, सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment