पोर्चुगल र इटालीमध्ये एक टिमले मात्रै विश्वकप २०२२ मा खेल्ने -
Comments Add Comment

पोर्चुगल र इटालीमध्ये एक टिमले मात्रै विश्वकप २०२२ मा खेल्ने

११ मंसिर , काठमाडौ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपमा इटाली र पोर्चुगलमध्ये एक टिमले मात्रै सहभागिता जनाउने भएका छन् ।

शुक्रबार भएको युरोपियन प्लेअफको समूह विभाजनमा युरो विजेता इटाली र पोर्चुगल एकै समूहमा परेका छन् । प्लेअफको समूह विभाजन अनुसार इटाली र पोर्चुगल समूह ‘सी’ रहेका छन् । यस्तोमा अब एक राष्ट्रले मात्र विश्वकप खेल्ने तय भएको छ ।

खेल तालिका अनुसार प्लेअफको पहिलो खेल जित्ने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । इटालीले प्लेअफको पहिलो खेलमा नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले टर्कीको सामना गर्नेछ ।

यस्तै प्लेअफको समूह ‘ए’ मा वेल्स, स्कटल्याण्ड, युक्रेन र अष्ट्रिया रहेको छ । समूह ‘बी’ मा रुस, पोल्यान्ड, स्विडेन र चेक गणतन्त्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment