२६ साउन , काठमाडौं । ” केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे ब्यबस्था दोषी, ब्यबस्था बिग्रे अगुवा दोषी ” यहि कुरा सोचेर मनन गरी अहिलेका नेतृत्वले समयमा नै बिचार गरौ ! सत्ताप्राप्तीको खेललाई कवाफको हड्डी नसोचौं । खुशी, आत्मीयता र मित्रताको भावना उजागर गरौं । आउँदो प्रदेश र संघको निर्वाचन स्वच्छ र धाँदलीरहीत होस, जसरी नागरिकता प्राप्तिलाई चुनावी चौका दाउमा ढड्याइएको छ, त्यसरी नै एमसीसी र एसपीपीका खेलाडीहरुलाई पनि समयमा नै चिनौं ।
ब्यबस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन भएन भनेर कराउनेहरुले चुनावको बेला कम्सेकम विवेकको खेती गरौं न ! त्यसैले दोष ब्यबस्थाको होइन , वल्की यसलाई खेलाउने पात्रहरुको हो । दोष शासकको मात्र होइन , जसलाई सत्तामा पुर्याउने शासीतको पनि हो । दोष सन १८१६ को सन्धीको मात्र थिएन ताकी १९५० पनि त्यत्तिकै जिम्मेवारी थियो । दोष २०५२ सालको मात्र थिएन, दोष त २०६२/६३ को पनि थियो । किनकि, भारतले नेपालका राजनीतिक दलहरुलाई १२ बुंदे सम्झौताको नाममा भविश्यमा हुने कुनैपनि भारत बिरोधी या असहज अवस्थाको गतिबिधि हुन नदिने जालोमा फँसाइसकेको थियो । अझ त्यो भन्दा नि पहिला क्रान्तिकारी नेताहरुको ५ बुंदे समझ्दारीले त झन भारत बिरोधी गतिबिधि नगर्ने कसम खुवाइसकिएको थियो । भारतको लागि त्यसैको मूख्य उपलब्धि थियो नागरिकता बिधेयक । अहिले सर्वत्र बिरोधको वावजुद यदि सहि छैन भने दोषी को ?







