Comments Add Comment

Advertisment

SKIP THIS

जापानका पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार

२४ असार , काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री सिञ्जाे आवेमाथि गोली प्रहार भएको छ ।

नारा सहरमा भएको एक कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार भएको जापानको एनएचके टीभीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घटनास्थलमा रहेका एनएचकेका संवाददाताले आफूले गोली चलेको आवाज सुनेको र पूर्व प्रधानमन्त्री आवेको शरीर रगतले लतपतिएको देखेको बताएका खबरमा उल्लेख छ ।

सडकमा ढलेका आवेलाई अस्पताल लगिएको छ । गोली प्रहार गर्ने शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै